कोहलपुर।
चिसो बढेसँगै कोहलपुर नगरपालिकाले चिसोबाट बच्न १५ वटै वडामा दाउरा वितरण गरेको छ । नगरपालिका भित्र रहेका सबै वडाका मुख्य चोकहरुमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय चिसो ह्त्तै बढे पछि बालबालिका, बृद्धबृद्धा, सुत्केरी महिलाहरु प्रभावित भएका थिए । सो चोसो बाट जोगाउँन नगरपालिका भित्र रहेका वडाहरुको करिब ९५ स्थानमा दाउरा वितरण गरिएको नगर प्रहरी विर बहादुर थापाले जानकारी दिए ।
सडक पिच भएको वडामा अर्थात् ठाउँहरुमा आगो बाल्न नमिल्ने भएकाले मकल ÷ड्रम को व्यवस्थापन गरी आगो ताप्ने व्यवस्थापन गरिएको बताए । नगरपालिका र वडाका मुख्य चोक,मठ मन्दिर,जेष्ठ नारिक केन्द्र, प्रतिक्षालय,चौतारा लगायतमा आगो ताप्ने व्यवस्थापन गरिएको उनले बताए ।
हुस्सु ,कुहिरो ,सितलहर र चिसो बढ्दै गएकाले थप दाउरा वितरण गर्ने जानकारी दिए । अहिले दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्थापन गरे पछि केही मजदुर,वटुवा लगायतलाई केही राहत मिलेको छ ।
प्रतिक्रिया दिनुहोस्