जेसीज पधादीकारीहरूले गरे पदभार ग्रहण



कोहलपुर। 

सिनियर जेसीज तथा जुनियर जेसीजका नवनिर्वाचित पधादीकारीहरूले पदभार ग्रहण गरेका छन् । अघिल्लो कार्यसमितिका पदाधिकारीहरूले नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई पद हस्तान्तरण तथा पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै मेयर पूर्णप्रसाद आचार्यले सिनियर तथा जुनियर जेसीजले पदभार ग्रहण गरेर सशक्त रूपमा अघि बढ्न आग्रह गर्दै कार्यकालको शुभकामना दिए ।

उनले नवनिर्वाचित पदाधिकारीहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्दै समाजिक कार्यमा लाग्न सुझाव दिएका थिए । पदभार ग्रहण गरेका नवनिर्वाचित पधादीकारीहरूलाई कार्यकालको शुभकामना दिँदै अझ सशक्त रूपमा जेसीजलाई अघि बढाउन उपप्रमुख संगीता सुवेदीले आग्रह गरिन् ।

सिनियर जेसीजका निवर्तमान अध्यक्ष ध्रुव आचार्यले नवनिवार्चित अध्यक्ष राजकुमार पौडेललगायतका पदाधिकारीहरूलाई पदभार हस्तान्तरण गरेका हुन् । पौडेललगायत कार्यकारिणी उपाध्यक्ष रोम बहादुर थापा,अविशेषक राणा,उपाध्यक्ष सुवास ढकाल,गोविन्द पौडेल,विरेन्द्र बम ठकुरी र सरोजबावु पंगेनीले पनि सपथ लिएका छन् ।

त्यस्तै, जुनियर अध्यक्ष अरुणा राना, कार्यकारी उपाध्यक्षद्वय नन्दराम बस्नेत, प्रख्यात लम्साल, उपाध्यक्ष हेमन्त जैसी, हेमन्त भट्टराई, कृष्ण विक र चाइनिज गौतमलाई पूर्व जुनियर अध्यक्ष यमु कँडेलले पद हस्तान्तरण गरेकी हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ १ गते सोमबार