कोहलपुर।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले शनिबार आफ्नो स्थापना दिवस मनाएको छ । बाँके जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूलाई पुस्तक वितरण गरेर महासंघले आफ्नो १७औँ स्थापना दिवस मनाएको हो ।महासंघ बाँके शाखाका जिल्ला अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम सुवेदीको प्रमुख आतिथ्य रहको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला कारागार नेपालगन्जका जेलर अर्जुनजंग शाह र योग समिति नेपाल बाँकेका संस्थापक योगगुरु डा. गिरीराज भट्टराई रहेका थिए । सो अवसरमा जिल्लाका करिब एक सय जना पुस्तक व्यवसायी तथा कारागार प्रशासनका सदस्यहरूको उपस्थित रहेको थियोे ।
बन्दी जीवन बिताइरहेकाहरूको जीवनमा केही परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षाले पुस्तक वितरण गरिएको र आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका विविध कार्यक्रममार्फत सहयोग आदानप्रदान गरिने कार्यक्रमका वक्ताहरूले बताएका थिए । सो अवसरमा करिब ३ सय थान विभिन्न विधाका पुस्तक सहयोग गरिएको संघका प्रथम उपाध्यक्ष दिनेश रिमालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्