24 June 2024  |   सोमवार, असार ११, २०८१

विज्ञान प्रदर्शनीमा गोरखा युनाइटेड प्रथम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २६, २०८०  

कोहलपुुर।
३३औँ प्याब्सन स्थापना दिवसका अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुल प्रथम भएको छ । विज्ञान प्रदर्शनीमा गोरखाका विद्यार्थीहरूले प्रदर्शन गरेको… प्रोजेक्टले प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित स्प्रिङ डेल स्कुल दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । नेपालगन्जकै जयबागेश्वरी सेकेन्डरी स्कुलले विज्ञान प्रदर्शनीमा तेस्रो स्थान हासिल गरेको छ ।

गोरखाका कक्षा ११ का विज्ञान संकायका मिलन रिजाल, विपुल आचार्य, जनश शाहीलगायतका विद्यार्थीहरूले प्रदर्शन गरेको प्रोजेक्टले प्रथम स्थान हासिल गरेको हो । स्प्रिङ डेलका नियल पौडेल क्याप्टेन रहेको विद्यार्थीहरूको टोलीले प्रदर्शन गरेको ‘मोडर्न फाम हाउस युज अल्टरनेटिभ सोरसेस अफ इनर्जी’ विषयक प्रोजेक्टले दोेस्रो स्थान हासिल गरेको थियो । प्रदर्शनीमा स्प्रिङका विद्यार्थीहरू सुशान्त शर्मा, आर्यन वली, जयन्द्र सिजापति, चिराग सुबेदी, रिदम शर्मा, अंकित गुप्ता, सुभम यादव, सुभास विष्ट र करण साहु सहभागी थिए ।

त्यसैगरी, तेस्रो स्थान ल्याएको नेपालगन्ज–२ स्थित जयबागेश्वरी सेकेन्डरी स्कुलका शिवम यादव क्याप्टेन रहेको विद्यार्थी टोलीमा वीर गुप्ता, एन्जल बोगटी, श्रेया श्रेष्ठ र अंकित अधिकारी सहभागी थिए । उनीहरूले स्मार्टसिटी र फोहोरमैला व्यवस्थापन र बिजुली उत्पादनसम्बन्धी प्रोजेक्ट प्रदर्शन गरेका थिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेले मंगलबार आफ्नो ३३औं स्थापना दिवसका अवसरमा विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरेको हो । सो अवसरमा प्याब्सनमा आबद्ध बाँकेका प्रत्येक विद्यालयबाट एक जना शिक्षकलाई सम्मानसमेत गरिएको थियो । यसअघि आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई समेत सो अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मितिः बिहिबार, पुस २६, २०८०     8:07:48 AM  |