नेपालगन्ज ।
डिजिटल प्रविधिले धेरै ठूलो फड्को मारिरहेको परिवेशमा नेपाल सरकारले सबै स्थानीय निकायलाई डिजिटल प्रविधिसँग जोड्ने काम गरिरहेको छ । त्यसैले स्थानीय निकाय, कर्मचारी, प्रतिनिधि र जनतासमेत यसबाट लाभान्वित बनिरहेका छन् । यसको लोकप्रियता पनि बढ्दै गएको छ ।
स्थानीय तहलार्ई समेत प्रविधिमैत्री बनाउनुपर्ने आजको आवश्यकतालाई पूरा गर्नुपर्ने सबैको जिम्मेवारी हो । यही जिम्मेवारीलाई बहन गर्दै निन्जा इन्फोसिसले सबै पालिकालाई डिजिटल बनाउन एकीकृत मोबाइल एपसहितको प्रणाली सुरु गरिसकेको छ जुन धेरै पालिकाको रोजाइमा परेको उक्त कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले बताए ।
उनका अनुसार अभियानले पालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन डिजिटल नागरिक वडापत्र, दर्ता चलानी प्रणाली, कार्य व्यवस्थापन प्रणाली, गुनासो व्यवस्थापन प्रणाली जस्ता कार्यहरूलाई दैनिक डिजिटल माध्यमबाट कार्यसम्पादन गर्न सहयोग गरिरहेको छ ।
‘डिजिटल पालिका अभियानअन्तर्गत हामीले पालिकाका हरेक गतिविधि जनताको हातहातमा पु¥याउन अथवा सिंहदरबार घर–घरमा पुगेको अनुभुति जनतालाई दिलाउन पालिकाका बैठक व्यवस्थापन प्रणाली, घर÷नक्सा पास प्रमाणीकरण, व्यवसाय दर्ता तथा नवीकरण प्रणाली, सिफारिस प्रणाली, योजना व्यवस्थापन प्रणालीलगायतलाई पारदर्शी तरिकाले सक्षम बनाउन सक्नेछौँ,’ क्षेत्रीले भने ।
यसका अलावा ‘डिजिटल पालिका’को माध्यमबाट राजस्व संकलन प्रणाली, अनुदान व्यवस्थापन प्रणाली, न्यायिक समिति प्रणाली, तालिम व्यवस्थापन प्रणाली, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्रलगातयका कामलाई पनि प्रविधिमैत्री बनाउँदै पालिका र जनतालाई सिधैं जोड्ने काम गरिरहेको क्षेत्रीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्