ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर



कोहलपुर ।

कोहलपुर नगरपालिका–११ मा रहेको प्रबुद्ध ज्येष्ठ नागरिक मञ्चमा ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा ३ सय ९९ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।  कोहलपुर नगरपालिका–११ नम्बर वडाको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा भएको शिविरमा निःशुल्क चेकजाँच तथा औषधि वितरण गरिएको वडाध्यक्ष कल्पना शर्माले जानकारी दिइन् ।


शिविरमा नगर स्वास्थ्य शाखाको विज्ञ चिकित्सकको टोलीले बिरामीहरूको स्वास्थ्य चेकजाँच गरेका थिए । ज्येष्ठ नागरिकहरूका स्वास्थ्य समस्या पहिचान गरी तत्काल उपचार गर्ने उद्देश्यले आयोजित शिविर निकै उपयोगी र फलदायी भएको वडाध्यक्ष अधिकारीले बताइन् ।


कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले आफ्नो स्वास्थ्यबारे ज्येष्ठ नागरिकहरू सचेत बन्नुपर्ने बताए । कोहलपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै उनले वडास्तरमा आयोजना गरिने यस्ता शिविरले स्वास्थ्यमा पहुँच नपुगेकालाई ठूलो राहत मिलेको दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस २२ गते आइतबार