21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

बागेश्वरी यातायात प्रालिको व्यवसायी भेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २२, २०८०  

कोहलपुर ।

बागेश्वरी यातायात व्यवसायी प्रालिले व्यवसायी भेला आयोजना गरेको छ । शनिबार कोहलपुर पार्टी प्यालेसमा व्यवसायीहरूको उपस्थितिमा भेला आयोजना गरिएको हो । सो अवसरमा वर्तमान अवस्थामा यातायात सञ्चालनका चुनौतीबारे व्यापक छलफल गरिएको संस्थाका अध्यक्ष नमप्रसाद आचार्यले बताए ।

उनले संस्थामा आबद्ध रहेका व्यवसायीको सेयर लागत, नियमावली प्रबन्धपत्र संशोधन, आम्दानी अनुमोदनलगायतका विषयमा बृहत अन्तरक्रिया गरेको जानकारी दिए । कोभिडपछि यातायात व्यवसायीले भोग्नुपरेका समस्या र कठिनाइलगायतका विषयमा छलफल गरिएको उनले बताए ।

सो व्यवसायी भेलामा उपस्थित व्यवसायीहरूले आफ्ना गुनासा र संस्था सुधारका लागि सुझावसमेत दिएका थिए । व्यवसायीहरूको गुनासो र सुझावमाथि छलफल गरी समस्याको समाधन गर्न लागिपर्ने संस्थाका प्रशासन विभाग प्रमुख टंकप्रसाद बस्यालले जानकारी दिए । अहिलेको आर्थिक मन्दीले यातायात व्यवसायीलाई पनि प्रभावित पारेको उनको भनाइ थियो ।

 

प्रकाशित मितिः आइतवार, पुस २२, २०८०     8:35:34 AM  |