भूपू सैनिक सहकारीले ग¥यो १४औँ साधारण सभा



कोहलपुर।
नेपाल स्वतन्त्र भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारण सभा मनाएको छ । संस्थाका अध्यक्ष कुलप्रसाद पौडेलको सभापतित्वमा शनिबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरी संस्थाले साधारण सभा सम्पन्न गरको हो ।

जिल्ला बचत तथा ऋण सहकारी संघका बाँकेकी अध्यक्ष उषा थापा क्षेत्रीले प्रमुख अतितिको आसनबाट बोल्दै सहकारीभित्र अहिले पारिवारिक सहकारी खोलेर ठग्ने प्रवृत्ति बढेकाले पूर्णरूपमा जानकारी लिएर मात्र सहकारीमा आबद्ध हुन आग्रह गरेकी थिइन् ।

साधारण सभामा संस्थाको आव २०७९÷८० को आय–व्यय विवरण प्रस्तुत गरिएको थियो । संस्थाले गत आवमा १ करोड ७१ लाख ४४ हजार ३ सय १५ रुपैयाँ ४० पैसा आम्दानी तथा त्यति नै रकम खर्च भएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस २२ गते आइतबार