चिसो बढेसँगै सार्वजनिक ठाउँमा आगो ताप्ने व्यवस्था



नेपालगन्ज ।
बाँकेमा चिसो बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले ज्येष्ठ नागरिक, न्यानो कपडाको कम पहुँच भएका समूहलाई लक्षित गरी सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ ।  ज्येष्ठ नागरिक, बालबालिका, विपन्न वर्ग र न्यानो कपडा र बासस्थानमा पहुँच नपुगेका व्यक्ति÷ समूह प्रभावित हुन सक्ने र रोगको जोखिममा रहन सक्ने भन्दै केही साताअघि स्वीकृत ‘शीत लहर पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ बमोजिम सक्रियता बढाउन सरोकारवाला निकाय÷संस्था सबैलाई प्रशासनले लिखित अनुरोध गरेको थियो ।

वन कार्यालय र सामुदायिक वनहरूसँग समन्वय गरी सहुलियत दरमा दाउरा लिएर सामूहिक आगो ताप्ने प्रबन्ध मिलाउन स्थानीय सरकारसहित सबैलाई प्रशासनले अनुरोध गरेको छ । शनिबार प्रजिअ श्रवणकुमार पोखरेलको नेतृत्वमा नेपाली सेनाका गणपति रविन श्रेष्ठ, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, सहायक प्रहरी उपरीक्षक रमेशविक्रम शाहीसहितको टोलिद्वारा बालबालिका, ज्येष्ठ नागरिक, न्यानोमा कम पहुँच भएका समूहलाई लक्षित गरी सामूहिक आगो ताप्ने व्यवस्था मिलाइको हो ।

नेपालगन्जस्थित नीलसागर, मानव सेवा आश्रम, बढी भीडभाड हुने स्थान, चोकहरूमा सामूहिक आगो ताप्ने प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति : २०८० पुस २२ गते आइतबार