लुम्बिनी प्रदेशमा लम्की स्किनकै कारण ६.३० प्रतिशत दूध उत्पादन घटेको छ । २०८० असार मसान्तसम्म यो प्रदेशमा ४ हजार ९ सय ५० लाख लिटर दूध उत्पादन भएको थियो । विगतको वर्षभन्दा यो ६.३० प्रतिशतले कमी भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘गाईमा देखिएको लम्पी स्किनका कारण दूध उत्पादनमा ह्रास भएको हो ।’
नेपालगन्ज।
लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्पी स्किन रोगका कारण दूध उत्पादन घटेको छ । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयले गाई, भैँसीमा देखिएको उक्त रोगको प्रभाव दूध उत्पादनमा परेको जनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एक अध्ययन प्रतिवेदनका अनुसार लुम्बिनी प्रदेशमा लम्की स्किनकै कारण ६.३० प्रतिशत दूध उत्पादन घटेको जनाइएको छ ।
२०८० असार मसान्तसम्म यो प्रदेशमा ४ हजार ९ सय ५० लाख लिटर दूध उत्पादन भएको थियो । विगतको वर्षभन्दा यो ६.३० प्रतिशतले कमी भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘गाईमा देखिएको लम्पी स्किनका कारण दूध उत्पादनमा ह्रास भएको हो ।’ विगतमा यस रोगका कारण प्रदेशका १२ जिल्लामा ५ हजार बढी पशु मरेका थिए । तर अहिले यो रोगको प्रकोप कम भएर गएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा पहिलोपटक २ साउन २०७७ मा पशुमा यो रोगको संक्रमण देखिएको थियो । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट १ सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो भने १० हजार बढीमा सङ्क्रमण देखिएको थियोे । लुम्बिनी प्रदेशको रूपन्देहीमा सबैभन्दा धेरै ३२.२६ प्रतिशत र सबैभन्दा कम रुकुममा ०.२० प्रतिशत दूध उत्पादन हुँदै आएको छ । बाँकेमा ९.८९ प्रतिशत दूध उत्पादन हुने गरेको छ । लम्पी स्किनले पशुको मृत्यु र दूध उत्पादन घटे पनि कुनै प्रकारको राहत नपाएको किसानले गुनासो गरेका छन् ।
उनीहरूले कुनै पनि तहका सरकारबाट राहत उपलब्ध नभएको दुखेसो पोखे । यो रोगको संक्रमण मुख्यगरी गाईगोरु, भैंसी र चौंरीमा देखिएको थियो जुन अहिले नियन्त्रणमा छ । अधिकांश गाई र भैंसी रोगका कारण थला परेपछि दूध उत्पादन घटेको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुमा देखिएको संक्रमणका कारण प्रदेशमा ८० प्रतिशतले दूधको उत्पादन घटेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्