21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

सर्लाहीको बरहथवामा झडप, एकजना प्रदर्शनकारीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस २०, २०८०  

सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

मृततकको पहिचान खुलेको छैन । गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अन्य केही व्यक्ति घाइते भएका छन् ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, पुस २०, २०८०     4:36:42 PM  |