नेपालगन्ज।
१३औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा एक समाजसेवीले प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्नेगरी वडा ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गरेका हुन् ।
मलिकले वडा प्रहरी कार्यालयका प्रहरीलाई टोपी लगाउनुका साथै अन्य सर्वसाधारणलाई समेत ढाका टोपी वितरण गरेका थिए ।
उनले वितरण गर्न भन्दै वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीलाई ढाका टोपी हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले अधिकांशले अंग्रे्रेजी नयाँ वर्ष मनाएको तर आफ्नै मौलिकता बोकेको राष्ट्रियता झल्काउने टोपी दिवसका बारेमा धेरैलाई थाहा नभएको पाएको जनाउँदै सबैलाई जानकारीका लागि केही सर्वसाधारणलगायत प्रहरीलाई टोपी वितरण गरिएको बताए ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बिसीले राष्ट्रिय टोपी दिवसबारे सचेतना फैलाउन गरिएको कार्यक्रम सराहनीय रहेको बताए । समाजसेवी मलिकले ढाका टोपी सर्वसाधारणलगायत वडा प्रहरी कार्यालयका प्रहरीलाई पुग्नेगरी वितरण गरेका थिए । यसैगरी नेपालगन्ज साइकिलिङ क्लबलगायत अन्य केही संघसंस्थाले पनि अन्तरक्रिया गरेर टोपी दिवस मनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्