बैतडी ।
पश्चिम नेपालमा फेरि कोरोनाका संक्रमित भेटिन थालेका छन् । सुदूरपश्चिमका भारतीय नाकाबाट फर्किने नेपालीहरूमा कोरोना सङ्क्रमण भेटिएको हो । पछिल्लो डेढ सातायता दैनिक एकदेखि तीन जनासम्ममा संक्रमण पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
बुधबार पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ ।यस्तै, गत आइतबार गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
अघिल्लो साता बुधबार र बिहीबार पनि ४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ ।
प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्