17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बाँकेमा अण्डाको मूल्य बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस ९, २०८०  

नेपालगन्ज।
लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्य भएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजारमूल्य बढेसँगै उनीहरूलाई केही राहत मिलेको हो । एक साताअघि अण्डाको मूल्य प्रतिक्यारेट ३ सय ७० देखि ३ सय ९० भए पनि आइतबार मूल्य बढेको छ ।

आइतबादेखि अण्डाको मूल्य प्रतिक्यारेट ४ सय २० देखि ४ सय ४० सम्म पुुगेको छ । बाँकेमा उत्पादन कमै हुने भएकाले यहाँका व्यापारीले अन्य जिल्लाबाट अण्डा ल्याउने गरेका छन् । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ ।

सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा १७ रुपैयाँ हुन आउँछ । किसानले हाल प्रतिगोटा १५ रुपैयाँ मात्र पाउने गरेको बताइन्छ । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा १ सय ६५ रुपैयाँ खर्च हुने किसानको भनाइ छ ।

 

प्रकाशित मितिः सोमवार, पुस ९, २०८०     12:08:23 PM  |