खेलकुदलाई सिकाइसँग जोड्न कोहलपुर नगर प्रमुख आचार्यको आग्रह



कोहलपुर ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले खेलकुद क्षेत्रलाई विद्यार्थीको सिकाइसँग जोडेर अगाडि बढाउन आग्रह गरेका
छन् । शुक्रबार प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद््घाटन गर्दै नगर प्रमुख आचार्यले विद्यार्थीहरूको क्षमताको पहिचान गरेर उनीहरूका प्रतिभालाई उजागर गर्नेगरी सिकाइ उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै नगर प्रमुख आचार्यले विद्यालयहरूले सक्षम विद्यार्थी मात्र नभएर देशकै सक्षम नागरिक उत्पादनका लागि शैक्षिकलगायत अतिरिक्त गतिविधि सञ्चालन गर्नुपर्ने बताए । ‘खेलकुद, साहित्यिक गतिविधि वा यस्तै अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइमा धेरै टेवा पु¥याउन सक्छ,’ उनले भने, ‘पाठ्यपुस्तककोे अध्ययनले मात्र विद्यार्थी पूर्ण बन्न सक्दैनन् ।’

खेलकुदले विद्यार्थीको शारीरिक मानसिक स्वास्थ्यका साथै विचार निर्माणका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘एउटा विद्यार्थी शारीरिक, मानसिक र भौतिक रूपमा स्वस्थ नभई ऊ सक्षम नागरिक बन्न सक्दैन,’ मेयर आचार्यले भने, ‘खेलकुदले उसलाई सक्षम नागरिक बनाउन भूमिका खेल्न सक्छ ।’ तसर्थ कोहलपुर प्याब्सनले आयोजना गरेको यो प्रतियोगिता अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको उनले भनाइ थियो ।
प्याब्सन कोहलपुरले निजी विद्यालयहरूको सहभागितामा पहिलोपटक कोहलपुरमा यस्तो खेलकुदको आयोजना गरेकाले यो सराहनीय र ऐतिहासिक काम भएको उनले बताए । कोहलपुरमा भएको यस किसिमको आयोजनाले छिमेकी पालिकाहरूलाई पनि एकखालको सकारात्मक सन्देश प्रवाह गरेको नगर प्रमुख आचार्यको भनाइ थियो ।

मेयर आचार्यले संस्थातग विद्यालयहरू बढी व्यवसायमुखी भए भनेर प्रश्न उठिरहेका बेला संस्थापक विद्यालयहरूले पनि सोच्नुपर्ने बेला आएको बताए । ‘हामीले सेवाभन्दा बढी व्यवसाय ग¥यौँ कि भनेर पनि आज प्रश्नहरू उठिरहेका छन्,’ मेयर आचार्यको भनाइ थियो, ‘सेवामुखी भएर हामीले गुणस्तरीय शिक्षालाई जोड जरुरी छ ।’ आजका विद्यार्थीहरूलाई देशका लागि भविष्यका भरोसायोग्य नागरिक बनाउन सबैले जोड दिनुपर्ने उनको आग्रह थियो ।

सबै काम सरकारले मात्र गरिदिऊन् भन्ने माकसिकता त्याग्नुपर्ने उनले बताए । ‘सबै काम स्थानीय, प्रदेश वा संघीय सरकारले मात्र गरिदिऊन् भन्ने मानसिकता गलत हो,’ उनले भने, ‘निजी क्षेत्रले समेत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्न सक्छन् ।’ संस्थागत विद्यालयहरूले खेलकुदमा मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्ने, सरकारका निर्णय पालना गर्ने र स्थानीय सरकारलाई रचनात्मक सुझाव दिने कुरामा पनि अग्रसरता देखाउनुपर्ने उनको भनाइ थियो ।

आगामी पुस १० गतेदेखि कोहलपुरमा सञ्चालन हुन गइरहेको राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता र कोहलपुर मेयर कप प्रतियोगितामा सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सक्रिय सहाभागिताका लागि पनि मेयर आचार्र्यले आग्रह गरे ।

त्यसैगरी, उद्घाटन समारोहमा सहभागीहरूलाई स्वागत गर्दै प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुबेदीले बालबालिकाको अन्तरनिहीत क्षमता प्रस्फुटनका लागि प्रशिक्षण र प्रतियोगिता अनिवार्य भएकाले यो खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगितालाई मर्यादित र व्यवस्थित रूपले सञ्चालन गर्नका लागि खेल शिक्षण निर्देशिका २०८० जारी गरिएको उनले जानकारी दिए ।

कोहलपुुर नगरपालिकाभित्र रहेका प्याब्सनमा आबद्ध २० वटा माध्यमिक र ७ वटा आधारभूत विद्यालयले प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । आधारभूत तहका ७ ६१ जना र आधारभूत तहमा ३ सय २३ जना विद्यार्थीको प्रतियोगितामा सहभागिता रहेको उनले जानकारी दिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कोहलपुर नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबेदी, राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्यद्वय श्रीमान् थापा, लेकबहादुर क्षेत्री, नेपालगन्ज मेडिकल कलेज कोेहलपुरका निर्देशक सुरेशकुमार कनौडिया, प्याब्सन नेपालका केन्द्रीय सदस्य सुनिल गुप्तालगायतको उपस्थिति रहेको थियो ।

कोहलपुर प्याब्सनका सचिव रमेश केसीले सञ्चालन गरेको समारोहमा २०४२ सालमा कोहलपुरमा पहिलोपटक संस्थापक विद्यालयको स्थापना गरेर शिक्षाको ज्योति छर्ने काम गरेको भन्दै रामजानकी बोर्डिङ स्कुलका संस्थापक नारायणप्रसाद सिग्देललाई खादा, माला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

विभिन्न खेलहरू जारी

शुक्रबारबाट नै प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० मा विभिन्न विधाका खेलहरू सञ्चालन भइरहेका छन् ।
प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताका संयोजक समिर घर्तीले शुक्रबार बिहानैबाट केही खेलहरू सञ्चालन गरिएको जानकारी दिए ।

‘छोटो समयमा नै धेरै विधामा खेलहरू खेलाउनुपर्ने भएकाले बिहानैदेखि खेल सञ्चालन गरिएको हो,’ उनले मिसन टुडेसँग भने, ‘उद्घाटन सत्र समापनपछि समेत खेलहरू भए आइतबारसम्मै विभिन्न विधामा खेलहरू हुनेछन् ।’

अधिकांश खेलहरू कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भइरहेको आयोजक प्याब्सन कोहलपुर नगर समितिले जनाइएको छ । शुक्रबारबाट सुरु भएको प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड भोलि आइतबारसम्म चल्नेछ ।

माध्यमिक र आधारभूत गरेर दुई तहमा विभाजन गरेर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको छ । रनिङ शिल्डमा बैजनाथ र कोहलपुरका २७ विद्यालयका १ हजार बढी विद्यार्थीहरूले विभिन्न खेलहरूमा भाग लिएको संयोजक समिर घर्तीले जानकारी दिए ।

उनका अनुसार माध्यमिक तहका २० र आधारभूत तहका ७ विद्यालयका छात्र÷छात्राले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको उद्घाटनपूर्व विद्यार्थीहरूले विभिन्न भेषभूषा झल्किने झाँकीसहितको ¥याली निकालेका थिए । भेषभूषा झल्किने झाँकीसहितको ¥याली कोहलपुर चौराहाबाट सुरु भएर न्युरोड चोक गोलपार्क हुँदै खेल मैदानमा पुगेको थियो ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार