बाँके ।
बैजनाथ गाउँपालिकाको नौबस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्री प्रदान गरिएको छ ।
नौबस्तामा रहेको बालसुधार गृहका बाल बिज्याइँकर्ताहरूलाई विभिन्न सामग्री प्रदान गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जानकारी दिए ।
एडभोकेसी फोरमका संयोजक तथा अधिकारकर्मी वसन्त गौतमको संयोजनमा बालसुधार गृहमा रहेका १ सय १५ जना बाल बिज्याइँकर्ताहरूलाई विभिन्न सामग्री वितरण गरिएको थियो ।
जाडोबाट बच्नका लागि ओड्ने डबल ब्लयांकेट ७५ थान, ओच्छ्याउने पि–फर्म दुई रोल, क्यारेमबोर्ड दुई थान, फुटबल दुई थान, लुडो दुई थान, नेट एक थान, स्किपिङ तीन र चेस तीन थान प्रजिअ पोखरेलमार्फत बालसुधार गृहका बालबन्दीलाई प्रदान गरिएको हो ।
बैजनाथ गाउँपालिका–३, गाभरस्थित नौबस्तामा रहेको क्षेत्रीय कारागारभित्र रहेको बालसुधार गृहमा विभिन्न जिल्लाका १ सय १५ जना बालबन्दीहरू रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्