बाँके ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउन अनेक तत्वहरूले काम गरिरहेका बताएका छन् ।
समृद्धिको लागि संकल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको यो कुचेष्टा सफल नहुने दाबी गरेका हुन् ।
‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो,’ ओलीको भनाइ छ । लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट पार्दै ओलीले भने, ‘त्यो नेपाल र नेपालीको हितविपरीतको कुरा हुन्छ ।’
अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको भन्दै ओलीले एमाले सरकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको र देश विकासले गति लिएको स्मरण गराए ।
‘फेरि पनि एमाले चाहिन्छ देश विकासका लागि, देशलाई विकासको बाटोमा अघि बढाउनका लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ,’ पुर्वप्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्