क्रिसा बाँकेले विद्यालयस्तरीय खेलकुद गर्दै



कोहलपुर ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यालयस्तरीय खेल सञ्चालन हुने भएको छ ।

कोहलपुर क्षेत्रीय संस्थागत विद्यालय संघ क्रिसा बाँकेको आयोजनामा यही मंसिर २७, २८ र २९ गते प्रतियोगिता सञ्चालन गरिने क्रिसा बाँकेका अध्यक्ष बेगप्रकाश चन्दले जानकारी दिए ।

प्रतियोगिता कोहलपुर नगरपालिका–२ स्थित १३ बिघा खेलमैदानमा सञ्चालन हुनेछ । विद्यार्थीहरूको अन्तरनिहीत क्षमताको विकास र खेलकुद विकासको लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्रिसा बाँकेका अध्यक्ष चन्दले जानकारी दिए ।

अन्तर सामुदायिक विद्यालय स्तरमा सञ्चालित हुने प्रतियोगितामा विभिन्न खेलका १२ विधा समेटिने छन् । जसअन्तर्गत १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, फुटसल, कुर्सी दौड, रिले, सटपट, र भलिबल प्रतियोगिता हुने आयोजनले जनाएको छ । प्रतियोगितामा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा छात्रछात्रा दुवैतर्फ फरकफरक विधामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीले कदरपत्र र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १७ गते आइतबार