कोहलपुर नगरपालिका कार्यालयको भवन तीव्रगतिमा निर्माण



गणेश रावत । कोहलपुर ।

कोहलपुर नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण कार्य तीव्रगतिमा भइरहेको जनाइएको छ ।

कोहलपुर चौराहाको पश्चिम–दक्षिणमा रहेको नगर विकास समितिको कार्यालय परिसरमा भवन निर्माण गर्न लागिएको हो । निर्माणको काम धमाधम चलिरहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

नगरपालिका मातहतका शाखाहरू सबै एउटै भवनमा अटाउने गरी सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो । ६ तले उक्त भवन निर्माणकार्य अहिले तीव्रगतिमा भइरहेको कोहलपुर नगरपालिकाका इन्जिनियर प्रविन बस्नेतले बताए ।

उनले कुल १५ करोड ३८ लाख लागतमा अत्याधुनिक भवन बन्न लागेको मिसन टुडेलाई जनानकरी दिए । उनका अनुसार अहिले ३ तलासम्म ढलान भइसकेको र बाँकी ३ तला निर्माण कार्य भइरहेको छ ।

एसोसिएट्स जयभवानी जेभी कोहलपुर र नगरपालिकाबीच २०७९ असार २५ मा साढे २ वर्षमा निर्माणकार्य सम्पन्न गर्नेगरी सम्झौता भएको छ । उनले भने, ‘एक वर्ष बितिसकेको छ । बाँकी डेढ वर्षमा काम सम्पन्न हुने विश्वास हामीले लिएका छौँ ।’

भवन सभाहल, गार्डेनसहित अपांगमैत्री अत्याधुनिक सुविधा सम्पन्न भवन बन्ने बस्नेतले बताए । छरिएर रहेका नगरपालिकाअन्तर्गत शाखा कार्यालयहरूले एउटै भवनबाट सेवाप्रवाह गर्ने उद्देश्यका साथ ६ तले सुविधा सम्पन्न भवन निर्माण थालिएको हो ।

समयमै भवन निर्माण सम्पन्न हुने निर्माण कम्पनी एसोसिएट्स जयभवानी जेभीका सञ्चालक अर्जुन पेनुरुले बताए । ‘भवनको ३ तलासम्मको फाउन्डेसनको काम सबै सकिएको छ,’ पनेरुले भने, ‘भवन निर्माण सम्झौता अवधिमै सम्पन्न हुन्छ ।’ भवन १० रेक्टरस्केलसम्मको भूकम्पले क्षति नपु¥याउन नसक्ने हुने उनले दाबी गरे ।

उनका अनुसार अपांगमैत्री सो भवन लिफ्ट, सभाहल, गार्डेन तथा कम्पाउन्डिङसहितको हुनेछ । पहिला पनि यस्ता विकास निर्माणका थुप्रै काम गरेकाले नगरपालिका भवन गुणस्तरीय हुनुका साथै समयमै सम्पन्न गर्ने उनले दाबी गरे ।

 

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १६ गते शनिबार