कर्मचारी भर्ना प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति



नेपालगन्ज ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयले अघि बढाएको कर्मचारी भर्नासम्बन्धी विषयलाई लिएर अनेरास्ववियु बाँकेले आपत्ति जनाएको छ । अनेरास्ववियुले कर्मचारी भर्ना प्रक्रिया अवैध रहेको भन्दै सच्याउन माग गरेको छ ।

विश्वविद्यालयले पाँचौँ तहदेखि रा.प.द्वितीय(उपप्राध्यापक) पदको खुला विज्ञापन गरेको छ ।

उक्त पदमा पदपूर्ति गर्दा नेपालको संविधान, लुम्बिनी प्रदेश लोकसेवा आयोग र आफनै लुम्बिनी प्राविधिक विश्वविद्यालयको विधान २०७९ परिच्छेद ४, विश्वविद्यालयका निकायहरूको गठन, काम, कर्तव्य र अधिकार विधानको दफा (१६) को सेवा आयोगको काम, कर्तव्य र अधिकारको उपदफा (१) र (२)को उल्लंघन गरेको अध्यक्ष प्रकाश विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पदाधिकारीको मनोमानी तरिकाले गरेको विज्ञापनको सूचना फिर्ता लिएर कानुन, मुल्य मान्यता र विधिसम्मत रुपमा आवश्यक जनशक्ति नियुक्ती गर्न सुझाव दिइएको छ ।

अन्यथा २४ घण्टाभित्र सो विज्ञापन प्रचलित नियम अनुसार नसच्याइ मनोमानी गरिएको खण्डमा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी विश्वविद्यालयका कुलपति, सहकुलपति, उपकुलपति, सेवा आयोग, कुलसचिव, कार्यकारी परिषद् रहेका व्यक्ति लिनु चेतावनी दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १४ गते बिहीबार