बर्दिया ।
बर्दिया मैनापोखर इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) पवन साउद अख्तियारको नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगन्जको टोलीले मंगलबार सई साउदलाई रंगेहात पक्राउ गरेको हो ।
लागूऔषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै उनले ३० हजार घुस मागेका थिए । उक्त घुस रकमसहित अख्तियारको टोलीले साउदलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्