मधुर पौडेल । बाँसगढी ।
बर्दिया बाँसगढीमा रहेको धौलागिरि सप्लायर्सलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयको कार्यसेवाअन्तर्गत उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान गरिएको हो ।
१२औं राष्ट्रिय कर दिवसको अवसरमा गुलरियामा आयोजित कार्यक्रममा बिहीबार सप्लाार्सका प्रबन्धक नवराज ज्ञवालीलाई सम्मान–पत्र, टीका र मालासहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, करदाता सेवा कार्यालय गुलरियाका कर अधिकृत शेरनाथ योगीलगायतले सम्मान गरे ।
यस्तै, बर्दिया डिष्ट्रिलरी प्रालिलाई पनि उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयको कार्यसेवा अन्तर्गत उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान गरिएको हो ।
कार्यक्रममा डिष्ट्रिलरीका प्रबन्ध निर्देशक नरबहादुर ओलीलाई सम्मान–पत्र, टीका र मालासहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।