भारतको रुपैडिहामै रोकिए ‘मुर्रा’ राँगा



नेपालञ्ज ।

भारतबाट बिहीबार दिउँसो रुपैडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको १५ वटा ‘मुर्रा’ राँगा सिमामा नै रोकिएको छ। बिहीबार दिउँसो ल्याइएको १५ वटा ‘मुर्रा’ राँगाहरूको बिल भरपाई नमिल्दा रुपैडिहा नाकामै रोकिएको हो।

बिल भरपाई नहुँदा सीमा पारिको भारतीय कस्टमले रोकेको हो। १५ वटा ‘मुर्रा’ राँगा आज दिउँसो १ बजे रुपैडिहा नाका हुँदै नेपाल ल्याइने पशु क्वारेनटाइन कार्यालय नेपालञ्जका प्रमुख विनयकुमार कर्णले बताएका थिए। तर राँगा भने अझैसम्म नेपाल भित्रिएको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले १५ वटा ‘मुर्रा’ राँगा उपहारमा दिएको थियो।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ६ गते बुधबार