21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

माेटरसाइकल दुर्घटनामा परी किशाेरीकाे मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०८०  

रुकुम पूर्व ।

मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ की सुभानी गौतमको मृत्यु भएको छ ।

उपचारको क्रममा जिल्ला अस्पताल रुकुमकोटमा गएराति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

मध्य पहाडी लोक मार्गबाट छिप्रीदह तर्फ जादै गरेको रा ५ प ६६४८ नम्बरको मोटरसाइकल बिहीबार साँझ ८ बजेतिर छिप्रीदह बजारमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएकी अन्दाजी १९ वर्षीया गौतमको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक सिस्ने गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी २१ वर्षका सुभोचन रेउले घाइते भएका छन् । घाइते रेउलेको कास्की पोखरा स्थित ग्यालेक्सी हस्पिटलमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०८०     6:16:50 PM  |