20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

ट्रकको ठक्करबाट गुलरियामा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०८०  

बर्दिया ।

बिहीबार गुलरिया-५ जिल्ला समन्वय समिति चोकनजिक मिनी ट्रकले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भे ११प २६४७ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा आएको भे १ ख २४११ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा गुलरिया-५का कृष्णप्रसाद अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताए ।

प्रहरीले ट्रक चालक बाँके कोहलपुरका २५ वर्षका तुलसी राम थारु र ट्रकलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०८०     10:23:09 AM  |