कोहलपुरमा युवामाथि धारिलो हतियार प्रहारः गम्भीर घाइते अवस्थामा फेला



बाँके ।

कोहलपुरको चप्परगौडीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा एक युवा फेला परेका छन् । बुधबार राति धारिलो हतियार प्रहार गरि गम्भीर घाइते अवस्थामा परिवारका सदस्यहरूले युवालाई फेला पारेका हुन् ।

गम्भीर घाइते अवस्थामा फेला परेका युवा कोहलपुर– १२ बस्ने २९ वर्षीय मीन बहादुर विक रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आफन्तले गम्भीर घाइते अवस्थामा विकलाई फेला पारी उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याएपनि चिकित्सकले थप उपचारका लागि नेपालगन्ज नर्सिङहोममा रिफर गरेका थिए ।

आफन्तका अनुसार विकको दाहिने खुट्टा, टाउको र दुबै हातमा गहिरो रूपमा काटिएको छ । उनले अवस्थामा गम्भीर रहेको उपचारमा संग्लन चिकित्सकले जनाएका छन् ।

विकलाई धारिलो हतियार प्रयोग गरेर फरार हुनेको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरले प्रहरी परिचालन गरिसकेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक ३० गते बिहीबार