21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

बागेश्वरी मन्दिरमा ११ हजार १ सय २१ द्वीप प्रज्ज्वलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०८०  

नेपालगन्ज ।

जय सियाराम युवा क्लबको आयोजनामा नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा ११ हजार १ सय २१ द्वीप प्रज्ज्वलन गरिएको छ । बागेश्वरी मन्दिर परिसरमा तेस्रो पटक महादिपोत्सव मनाइएको हो ।

विगत दुई वर्षदेखि जय सियाराम युवा क्लबले महादिपोउत्सवलाई भव्य बनाउन यस पटक बागेश्वरी मन्दिरमा ११ हजार १ सय २१ दियो प्रज्वलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।

पश्चिम नेपालकै प्रसिद्ध बागेश्वरी मन्दिरलाई झिलिमिली र फूलहरूले दुलही जसरी सजाइएको थियो । बागेश्वरी मन्दिरमा उपस्थित सम्पूर्ण भक्तहरुले दीप प्रज्ज्वलन गरी मन्दिरलाई दियोको प्रकाशले जगमगाएका थिए । चारैतर्फ छरिएको त्यो दियोको रोशनी मनमोहक र लोभलाग्दो थियो ।

सनातन हिन्दु धर्मका देवता रामले वनवासको अवधि समाप्त गरेर अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने प्रचलन अनुरुप यो तेस्रो पटक तिहारको धनवन्तरी जयन्ती (धन्तेरस) को दिन शुक्रबार बागेश्वरी मन्दिर परिसरमा महाद्वीप प्रज्ज्वलन गरिएको हो ।

 

प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०८०     8:58:43 AM  |