23 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

संयुक्त भूतपूर्व सैनिक कल्याणकारी महासंघद्वारा राहत वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०८०  

कोहलपुर (बाँके) ।

संयुक्त भूतपूर्व सैनिक कल्याणकारी महासंघले नेपालमा बसोबास गर्ने सम्पूर्ण भारतीय पूर्वसैनिकहरूको तर्फबाट भूकम्प पीडितहरूलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

महासंघले जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा बिहीबार पीडितहरूलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मासात् गर्दै पीडितहरूलाई खाद्यान्न प्याकेट हस्तान्तरण गरिएको महासंघका कोषाध्यक्ष क्याप्टेन कृष्ण बहादुर थापाले जानकारी दिए ।

विपद्का बेला कोही पनि भोको बस्न नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री हस्तान्तरण गरिएको उनले बताए । महासंघले चामल, दाल, तेल, चाउचाउ, बिस्कुटलगायतका सामग्री वितरण गरेको थियो ।

प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०८०     8:18:55 AM  |