जमुनाह नाकाबाट २ लाख ८५ हजार रुपैयाँको पटाकाहरू बरामद



बाँके ।

तिहारलाई लक्षित गरेर भित्र्याइएका २ लाख ८५ हजार रुपैयाँबराबरका पटाका बाँकेमा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले नेपालगन्जको जमुनाह क्षेत्रबाट ठूलो परिमाणमा अवैध पटाका बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले ७० हजार र विओपी जयसपुरद्वारा २ लाख १५ हजारको अवैध पटाकाहरू बरामद गरेको थियो ।

दुई स्थानबाट २ लाख ८५ हजार रुपैयाँबराबरको अवैध पटाकाहरू बरामद गरेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
ती पटाकाहरू भारतबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

तिहारमा भारतबाट पटाको आयात रोक्नका लागि बाँकेका सशस्त्र प्रहरीले छुट्टै टोली बनाएर परिचालन समेत गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार