13 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

फेरि रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोटमा त्रास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०८०  

जाजरकोट ।

फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो ।

सोमबार बेलुका चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको रातोपाटी सम्वाददाता पंखबहादुर शाहीले जानकारी दिए ।

उनले भने, ‘पुन भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् ।’ भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निुच्युडको भूकम्प गएको हो ।

प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०८०     4:54:13 PM  |