नेपालगन्ज ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा सागर ज्ञवाली निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएर आइतबार सम्पन्न महासंघको साधारण सभाले ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रथम उपाध्यक्ष बाहेकका सबै पदहरूमा सर्वसम्मत भएको थियो ।
प्रथम उपाध्यक्षमा भने दिनेश रिमाल मतदानबाट चुनिएका छन् । प्रदीप सापकोटालाई हराउँदै उनी विजयी भएका हुन् । दोस्रो उपाध्यक्षमा मीना डाँगी, सचिवमा मोहन चन्द, सहसचिवमा पवन शर्मा र कोषाध्यक्षमा सविन लुइँटेल चयन भएका छन् ।
कार्यसिमितिको सदस्यमा ईश्वरी पौडेल, प्रकाश कँडेल, क्षितिज गौतम, रविप्रसाद शर्मा, मीरा खनाल, शान्ति खड्का, सुनिल पौडेल, दीपक चन्द, रमेश बिएम, लक्ष्मण पौडेल र गणेश घर्ती चयन भएका छन् ।
नयाँ कार्यसमितिले पद तथा गोपनीयताको सपथ ग्रहण आइतबार नै गरेका थिए । त्यसलगत्तै बसेको पहिलो कार्यसमिति बैठकले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस्