कोहलपुर ।
पौडेल वंश महासंघ बाँकेले आसन्न पर्वहरू दीपावली, छठ, नेपालसम्वत्का अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान समारोहको आयोजना गरेकोे छ ।
महासंघका केन्द्रीय उपाध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष लोकनाथ पौडेलले गरेका थिए ।
समारोहमा जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।
त्यसैगरी पौडेल वंशावली लेख्ने र आगामी राष्ट्रिय महाधिवेशन कोहलपुरमा गर्ने विषयमा पनि कार्यक्रममा छलफल गएिको थियो ।
महासंघका प्रदेश सदस्य जयश्वेर पौडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा भूकम्पपीडितहरूलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको बाँके जिल्ला सचिव अर्जुन पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्