14 June 2024  |   शुक्रबार, असार १, २०८१

दिव्य बहुउद्देश्यीयको १५औँ साधारण सभा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०८०  

कोहलपुर ।

दिव्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५औँ साधारण सभा सम्पन्न भएको छ । सहकारी विभागले जारी गरेको निर्देशिकाबमोजिम साधारण सभा सम्पन्न गरिएको सहकारी संस्थाले जानकारी दिएको छ ।

दिव्य बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामप्रसाद शर्मा न्यौपानेको अध्यक्षता भएकोे कार्यक्रमका प्रमुख अतिथि भूपेन्द्रप्रसाद अधिकारीले सहकारीहरू नयाँ तरिकाबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महिलाहरूलाई आर्थिक तथा भौतिक रूपमा सबल बनाउनका लागि सहकारी संस्थाको मुख्य भूमिका रहने उनको भनाइ छ । सहकारीले विभिन्न तहका नागरिकलाई संगठित गरी आर्थिक क्रियाकलापमा जोडेको उनले बताए ।

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडकी प्रमुख नीता थापाले संस्थालाई दिगो बनाउन सदस्यहरू एकताबद्ध रूपमा लाग्नुपर्ने बताइन् ।

साधरण सभामा आर्थिक वर्ष २०७९/८० को सहकारीको आय–व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका सचिव शिवप्रसाद रेग्मीले आव २०७९/८० मा ९ करोड ७४ लाख, ७६ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०८०     8:24:50 AM  |