कोहलपुर ।
लायन्स क्लब अफ बाँके डिस्ट्रिक ३२५ एमका पदाधिकारी राहत सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् ।
डिस्टिक गर्भनर मुकुद ढकालको नेतृत्वमा विभिन्न राहत सामग्र्री लिएर शनिबार साँझ क्लब टोली प्रभावित क्षेत्रतर्फ लागेको हो ।
पाँच लाख मूल्य बराबरका चिउरा, भुजा, बिस्कुट, ब्ल्यांकेट, त्रिपाललगायतका सामग्री लगिएको क्लबका कोषाध्यक्ष तेजप्रसाद अधिकारीले जानकारी दिए ।
सो टोलीमा क्लबका अध्यक्ष ढकाल, सचिव उमा थापामगर, कोषाध्यक्ष अधिकारीलगायत पदाधिकारी सहभागी छन् ।
प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्