20 June 2024  |   बिहिबार, असार ७, २०८१

स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री लिएर चौरजहारी उड्यो एनएसीको जहाज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०  

काठमाडौं।

स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री लिएर नेपाल वायुसेवा निगमको ट्विनटर चौरजहारीतर्फ उडेको छ। बिहान ८:१७ बजे उडान भएको यो जहाज ९:२० मा चौरजहारी अवतरण हुने निगमका प्रवक्ता रमेश पौडेलले बताए।

‘भूकम्पमा परेर घाइते भएकाको उद्धारका लागि स्वास्थ्यकर्मीसहितको टोली ट्विनअटरमार्फत यताबाट उडिसकेको छ। सवा नौ बजेतिर उता अवतरण हुनेछ,’ उनले भने।

उद्धारका लागि यतिखेर विभिन्‍न जिल्लामा रहेका सुरक्षाकर्मीको टोली परिचालन भइरहेको छ।

जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट हालसम्म १२८ जनाको मुत्यु भएको पुष्टि भएको छ। सशस्त्र प्रहरी बलका अनुसार जाजरकोटमा ९२ जना र पश्चिम रुकममा ३६ जनाको मुत्यु भएको हो।

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०     8:58:58 AM  |