19 June 2024  |   बिहिबार, असार ७, २०८१

लुम्बिनी सरकारले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०  

लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदैछ ।

अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाउन थालिएको हो ।

‘अहिले उपचारका लागि स्वास्थ्यकर्मी पठाउँदै छौं’, उनले भने, ‘पछि भौतिक पूर्वाधारकालागि पनि सामग्री पठाउने छौं ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासंग समन्वय गरि स्वास्थ्यकर्मी पठाउन लागिएको मन्त्री मास्कीले बताए । स्वास्थ्यकर्मीलाई सल्ले अस्पतालमा पठाइनेछ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०     7:45:21 AM  |