सुर्खेत ।
गएराति जाजरकोटलाई केन्द्र बनाएर भएको भूकम्पका पीडितलाई कर्णाली प्रदेश सरकारले राहतसहित चिकित्सकको टोली पठाएको छ ।
घाइतेहरूको उपचारका लागि सुर्खेतबाट चिकित्सकको टोली राहतका सामाग्रीसहित पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसीले जानकारी दिए ।
जिसीका अनुसार केही उद्धार राहत गए राती नै प्रहरीको टोलीसँग पठाई सकेको र केही सामग्री आज बिहान पठाइएको हो ।
जाजरकोट र रुकुम पश्चिमका लागि विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री जिसीले बताए । खाद्य र गैर खाद्य सामग्री पठाउने तयारी समेत भइरहेको उनको भनाई छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट र रूकुमपश्चिम चिकित्सकको टालीसहित पुग्दै छन् । घाइतेको उद्धारका लागि सुर्खेत विमानस्थलबाट हवाई उडान गरिने मन्त्री जिसीले बताएका छन् ।
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्