पेट्रोलमा ११ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घट्यो



काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २८ गते आइतबार