नेपालगन्ज ।
लुम्बिनीमा रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत लाभांश बाँड्ने छ । बैंकले ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।
बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बैंकले ०.५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँबराबरको नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताहरूलाई वितरण गर्नेछ । हालसम्म बैंकको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३६ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
बैंकले गत आर्थिक वर्ष लगानीकर्तालाई १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।