20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

नेपालगन्जमा टिभिएसको स्कुटर किन्दा एउटैलाई दुई अफर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०८०  

ईश्वरी पौडेल । नेपालगन्ज । 

टिभिएसको स्कुटर खरिद गर्दा नेपालगन्जमा एकजनाले दुईवटा अफर हात पारेका छन् । टिभिएसको नेपालगन्जका लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबलबाट स्कुटर खरिदकर्ताले एकैपटक दुईवटा अफर हात पारेकी हुन् ।

राजापुरकी सुष्मा चौधरीले टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्व लक्षित गरेर ल्याएको ‘हर मोडमा उमङ्ग’ योजनाअन्तर्गत दुईवटा अफर जितेकी थिइन् ।

स्कुटर खरिद नगर्दै ६ हजार र खरिद गरिसकेपछि चौधरीले ५० हजार रुपैयाँ अफर जितेको ग्रेस एण्ड ग्लोबल नेपालगन्जले जनाएको छ ।
‘हर मोडमा उमङ्ग’ योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्नेछन् ।

‘हर मोडमा उमंग’ योजना अन्तर्गत नकिन्दै धधध।तखकलभउब।िअयmरमबकजबष्ल मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि यो योजनाले दिएको छ ।

साथै, एक्सचेन्जमा १० हजारसम्म अतिरिक्त मुल्याङ्कन, सुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ ।

त्यसैगरी, जीवनभरका लागि वारेन्टी सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रशारणमार्फत हुनेछ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०८०     10:14:13 AM  |