रेडक्रसको सहयोगमा तेलियनपुरमा रक्तदान



बाँके ।

नेपालगन्ज उपमहानगरपालिका–२१, तेलियनपुरमा रक्तदान गरिएको छ । तेलियनपुर टोल विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा उक्त रक्तदान गरिएको हो ।

‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ आयोजित उक्त रक्तदानमा ३३ जनाले रगत दान गरेको समितिका अध्यक्ष भागिराम बुढामगरले जानकारी दिए ।

‘रगतको कमीले अनाहकमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले रक्तदान गरेका हौँ,’ तेलियनपुर टोल विकास समितका अध्यक्ष भागिराम बुढामगरले भने, ‘पछिल्लो समय रगत अभावका कारण बिरामीले भोग्नुपरेको सास्तीलाई मध्यनजर राखी रक्तदान गरेका छौं, यो हाम्रो पहिलो प्रयास हो । आगामी ३–३ महिनामा नियमित रक्तदान गर्ने योजना बनाएका छौं ।’

टोलको विकासका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको समितिले टोल सुधारको योजना बनाई सरसफाइ अभियान, लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतीकरण, देउसीभैलोबाट संकलित रकम टोल विकासमा खर्च गर्नुका साथै सामाजिक परोपकारका कार्य गर्दै आएको समितिका सचिव मोहन पुनले जानकारी दिए ।

रक्तदान कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका वरिष्ठ रक्त प्राविधिक सोमप्रकाश सापकोटाको नेतृत्वमा ६ जनाको टोली खटेको थियो । जसमा सहायक रक्त प्राविधिक पुनम राना, प्रशान्त तिवारी, अनिशा थारू, वीरेन्द्र योगी र केशरसिंह डाँगी रहेका थिए ।

क्षेत्रीय रक्त सञ्चार केन्द्रका वरिष्ठ रक्त प्राविधिक सोमप्रकाश सापकोटाका अनुसार रक्तदानमा आएका २० जनाको रक्तचाप उच्च र न्यून भएको पाइएपछि रक्तदान गर्न पाएनन् ।

उक्त रक्तदान कार्यक्रममा मन्दिप चौधरी, रेशम हमाल, रोशन सुनार, अर्जुन सुनार, रिसब पुनमगर, पुरन सुनार, विकास पोख्रेल, चिन्ता सुनार, सोनीलाल बुढाथोकी, रामप्रसाद सुनार, लक्की परियार, सुशील विश्वकर्मा, कृष्ण पुन, सन्तोष सुनार, कमला खड्का, निराजन पुन, मनकुमारी सुनार, तारा थापा, शिशिर थापामगर, दिपेश चौधरी, खगेन्द्र शाही, उमेश सुनार, रुद्र पुन, मोहनकुमार पुन, नारायणी पुन, माया सुनार, पप्पु दर्लामी, रमेशनाथ भट्टराई, इस्राफिल सल्मानी, सोनीराम सुनार, लोकबहादुर सुनार, रमेश बढही र अनिसा रोकायले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार