अमेरिकी राष्ट्रपतिको कुकुरले फेरि मान्छेलाई टोक्यो !



वासिङ्टन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको २ वर्षीय जर्मन शेफर्ड कमाण्डर (कुकुर)ले फेरि मान्छे टोकेको छ। बाइडेनको कुकुरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका १ जनालाई टोकेको हो।

राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११औं घटना हो। घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ।

कमाण्डर वाइडेन परिवारका २ जर्मन शेफर्डमध्ये कान्छो हो। यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि १ जना कर्मचारीलाई उनको हात र तिघ्रामा टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार सोमबार साँझ बर्दिलगाएका गुप्तचर सेवाका १ जना कर्मचारीलाई कमाण्डरले टोकेको हो। गत जुलाईमा ह्वाइट हाउसका अधिकारीहरूले कर्मचारीहरूमाथि निरन्तर हमला हुन थालेपछि कमाण्डरलाई नियन्त्रण गर्ने तालिम र प्रविधिको खोजी भइरहेको बताएका थिए।

यसैबीच, कुकुरको टोकाइबाट पीडित ती अधिकारीले सिक्रेट सर्भिस डिभिजन प्रमुख अल्फोन्सो एम डायसनलाई आफ्नो स्वास्थ्यस्थिति प्रतिकूल नरहेको जानकारी दिएका छन्।

  • No tags available
प्रकाशित मिति : २०८० असोज १० गते बुधबार