बाँके ।
लुम्बिनी प्रदेश सरकारले राउटे समुदायलाई दसैंं खर्च दिएको छ ।
प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दसैंं खर्च उपलब्ध गराएको हो । मन्त्रालयमा दसैंं खर्च माग गर्दै पुगेका राउटेहरूलाई दसैंं खर्च उपलब्ध गराइएको थियो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दसैंं खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । दैलेखबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई सो रकम हस्तान्तरण गरिएको थियो ।
उक्त रकम पाएपछि उनीहरू खुसी भएका थिए । राउटे समुदायले दुई लाख दसैं खर्च माग गरेका थिए ।
उनीहरूले प्रत्येक वर्ष तीज, दसैंं तथा तिहारमा सरकारसँग खर्च माग गर्ने गरेका छन् । केही दिनदेखि उनीहरू दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दसैंं खर्च माग्दै आएका छन् ।
प्रकाशित मिति : २०८० असोज १० गते बुधबार
प्रतिक्रिया दिनुहोस्