बाँके ।
नरैनापुरमा हुलाकी सडक खण्डको छेउमा रहेको नालीको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । नाली छेउको खाल्डोमा रहेको पानीमा डुबेर बिहीबार एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
मृत्यु हुनेमा नरैनापुर गाउँपालिका– ४ का मोहम्मद रफिक नाँउको अन्दाजी ९ वर्षीया छोरी खुसनुमा सल्मानी रहेकी छिन् ।
इलाका प्रहरी कार्यालय नरैनापुरका दिएको जानकारी अनुसार मृतक सल्मानी हुलाकी सडकको पण्डितपुरवास्थित छेउमा रहेको खाल्डोको पानी डुबेकी थिइन् ।
साथीहरूसँग खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा उनी डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्थानीय प्रहरीले जनाएको छ । मृतकको शवलाई आवश्यक प्रक्रिया पु¥याएर पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।
प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्