हुलाक प्रमुख पाण्डेलाई निजामती पुरस्कार



नेपालगन्ज ।

जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द पाण्डे निजामती दिवसको अवसरमा निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका
छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई राजधानी काठमाडौंमा नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । हुलाक कार्यालयमा हुँदा उनले विभिन्न सुधारका काम गरेकाले पाण्डेलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको हो ।

सरकारले दिएको सम्मानले थप राम्रो काम गर्न प्रोत्साहन मिलेको पाण्डेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार