बाँके ।
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले १८ वर्ष पहिला मुक्तकमैयाको नाममा जारी भएको लालपुर्जा जग्गाको हक हस्तान्तरण र बेचबिखन गर्न दिन माग गरेका छन् ।
भूमिसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै ढकालले लालपुर्जामा १० वर्षसम्म जग्गाको हक हस्तान्तरण बेचबिखन वा कुनै दान दातव्य दिन पाइनेछैन भनी उल्लेख गरिएको बताए ।
तर हाल १८ वर्ष बितिसक्दा पनि हस्तान्तरण गर्ने बारेमा कुनै चासो नदिइएकाले जग्गा धनीहरूले जग्गाको बैंकिङ्ग कारोबार गर्ने, दाजुभाइ छुट्टिँदा अंशबन्डा गर्ने काममा कठिनाइ भएको उल्लेख गरेका छन् ।
पटक–पटक फुकुवाको पहल गरिदिन अनुरोध गरिएको तर अहिलेसम्म फुकुवा नभएकाले मुक्तकमैया क्षेत्रको जग्गा हक हस्तान्तरण एवम् बेचबिखनका लागि फुकुवा गर्न आफूले पहल थालेको ढकालले बताए ।
प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्