समितिका कामको नगर प्रमुख आचार्यद्वारा प्रशंसा



कोहलपुर ।

रझेना खानेपानी उपभोक्ता तथा सरसफाइ समिति कोहलपुर नगरपालिका–३ र ४ को तेस्रो साधरण सभाको शनिबार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूणप्रसाद आचार्यले उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले रझेना खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले गरेका कामको प्रशंसा गरे । रझेना खानेपानी उपभोक्ता समितिले उपभोक्ताका घर–घरमा शुद्ध र गुणस्तरीय पिउने पानीको सहज पहुँच पु¥याएको भन्दै नगर प्रमुख आचार्यले आयोजनाबाट लाभ लिन उपभोक्ताहरूलाई आग्रह गरे ।

नगर प्रमुख आचार्यले समितिका सदस्य तथा पदाधिकारीलाई दोसल्ला ओढाएर सम्मान पत्र पनि प्रदान गरेका थिए । उद्घाटन समारोहको अध्यक्षता गरेका रझेना खानेपानी उपभोत्ता तथा सरसफाइ समितिका अध्यक्ष विष्णु खरेलले वार्षिक प्रतिवेदन पेस गर्दै हाल यस संस्थामा १ हजार २ सय १७ जनाले सदस्यता लिइसकेको र सदस्यता लिने क्रम जारी रहेको जानकारी दिएका थिए ।

कोषाध्यक्ष तारा चन्द शाहीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले उपभोक्ताका घरघरमा शुद्ध खानेपानी पुगेको दाबी गरेकी थिइन् । अधिवेशनले आइतबार आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्ने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार