राजापुरमा राजापुरीको सम्झना



बर्दिया ।

राजापुर साहित्य प्रतिष्ठानले आज प्रसिद्ध साहित्यकार प्रकाश राजापुरीको ८५औं जन्म जयन्तीको अवसरमा एक श्रद्धाञ्जली समारोहको आयोजना ग¥यो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य महानन्द ढकालले प्रकाश राजापुरीको साहित्यक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनुपर्ने बताए ।

ढकालले राजापुरीको लेखनमा माटोको सुगन्ध भेटिने भन्दै राजापुर नगरपालिकाले राजापुरीको साहित्यिक योगदानलाई सम्झनुपर्ने बताए ।
साहित्यकार खगेन्द्र गिरि कोपिलाले राजापुरीको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै राजापुरको मुख्य चोकमा प्रकाश राजापुरीको शालिक स्थापना गर्न राजापुर साहित्य प्रतिष्ठानले पहल गर्नुपर्ने सुझाव दिए ।

राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष जेवी अनुरागीले सभापतिको मन्तव्य राख्दै राजापुरीले राजापुरलाई मात्रै होइन सिङ्गो गजललाई चिनाएको बताउँदै संस्थाले राजापुरीलाई सम्झने गरेको बताए । कार्यक्रममा प्रकाश राजापुरीका पुत्र आलोक गुप्ताले राजापुरीको वैयक्तिक जीवनबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा जीवराज पाण्डेय, बालकृष्ण शर्मा, बद्री ढकाल हीरामणी, सुभास दहित, सन्तोष रेग्मी, श्याम शराबी र सहदेव चौधरीसमेतका स्रस्टाहरूले नेपाली र थारू भाषामा रचना सुनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार