बाँके ।
सामाजिक सरोकार मञ्च कोहलपुरले यातायात कार्यालय कोहलपुर सार्न माग गरेको छ । हाल नेपालगन्जमा रहेको उक्त कार्यालय सार्न माग गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई बिहीबार ज्ञापनपत्र बुझाएको मञ्चका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि नगर प्रमुख आचार्यले प्रदेश सांसद, संघीय सांसद तथा प्रदेश र संघीय सरकार तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग समन्वय गरी आफ्ना माग पूरा गर्न मञ्चले आग्रह गरेको छ ।
स्वास्थ्य बिमाको सिफारिस कोहलपुर नगर अस्पतालबाट गर्ने व्यवस्था मिलाउन, दाहसंस्कार घाट राप्तीसोनारी– २ सम्सेरगन्जस्थित राप्ती नदीमा (कोहलपुरदेखी १९ कि.मी ) व्यवस्थापन गर्न, यातायात कार्यालयको शाखा कार्यालय स्थापना गर्न र पार्क व्यवस्थापन गर्न माग गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
पार्कमा चिडियाखाना, बाल उद्यान, बनभोज स्थल, जंगल रिसोर्ट अवधारणा अघि सार्न माग गरिएको छ । त्यस्तै टिनको पाली व्यवस्थापन गर्ने, शव बाहानको सञ्चालन, स्थानीय स्तरमा उत्पादित मदिराजन्य वस्तुलाई वैधानिकता प्रदान गरि ब्रान्डिङ गर्नसमेत माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्