बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ



बर्दिया ।

बर्दिया बारबर्दिया नगरपालिका—६ जयपुर गाउॅका २१ वर्षीय हरि खड्का जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । खड्काले किशोरीलाई विवाह गर्ने प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको अभियोग छ ।

उनलाई भदौ ५ गते राति जबर्जस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले बताए ।

खड्कालाई अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० भदौ १४ गते बिहीबार